‘मनको डेरा’ म्यूजिक भिडियो सार्वजनिक

0
935

भक्तपुर । गायक विश्व दोङ र तबु वाइवाको ‘मनको डेरा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा संगीतकार विश्व दोङ र नव गायिका तबु वाइवाको सुमधुर आवाजमा रहेको ‘मनको डेरा’ सार्वजनिक भएको हो ।
यस्तै उनीहरुको नै ‘चोलि त राम्रो’ बोलको म्युजिक भिडियो पनि सार्वजनिक हुने भएको छ । ‘चोलि त राम्रो’ गीत अर्को साता बजारमा ल्याउने निर्माण पक्षले जनाएको छ ।

राजु तामाङले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई तामाङ कलाकार संघको संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

नव गायिका तबु वाईवा सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेकी वर्षले १६ मात्र टेकेकी छिन् भने उनी सांगीतिक यात्रा भने पहिलोपल्ट प्रवेश गरेकी हुन् ।

शब्द, संगीत र एरेञ्ज लोकप्रिय गायक तथा संगीतकार विश्व दोङको रहेको गीतमा अभिनयमा पनि स्वयम् गायक दोङ र गायिका वाइवाको अभिनय रहेको छ । उक्त गीतको अडियो मिक्सङ दिपेस प्रधानले गरेको थियो ।
मोडल तथा निर्देशक अभि लामाद्वारा निर्देशित उक्त भिडियोलाई फरज अर्पणले छायांकन गरेको हो भने ड्रोन क्याप्टेन सौगात धिताल रहेको छ ।

कार्यक्रममा तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ गायक रोज मोक्तान, चर्चित गायक प्रेम लोप्चन, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, अतिथि गायक सुवास मोक्तान, शशिकला मोक्तान नायिका चाँदनी मोक्तान गायिका निर्मला घिसिङलगायतको उपस्थिति रहेको थियो ।
उक्त म्युजिक भिडियोलाई गायक तथा संगीतकार विश्व दोङको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।