युवाहरु एमसीसीको विरोधमा

0
747

मध्यपुर, ३ असोज ,२०७८ । ‌नेपाल क्रा‌‌न्तिकारी युवा संघ मध्यपुर नगर समितिको आयोजनामा युवा संघको ३२औ स्थापना दिवसको अवसरमा आइतबार युवा भेला सम्पन्न भयो ।

भेलामा अतिथि नेमकिपा भक्तपुर जिल्ला सदस्य पाण्डब सुवालले युवा संघले सदैब असमान सन्धि सम्झौताको विरोधमा सघर्ष गरेको चर्चा गर्नुहुँदै हाम्रो प्रमुख दुश्मन भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवाद हो बताए ।

नेमकिपा मध्यपुर नगर समिति अध्यक्ष सुर्य राम था श्रेष्ठले पार्टीको प्रमुख आधार स्तम्भ युवा र बिध्यार्थी भएकोले युवाहरू संगठन बिस्तारमा लाग्नु पर्छ बताए ।

नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति उपाध्यक्ष राजकुमार लघुले एम सी सी सम्झौता राष्ट्रघाती छ, संसदबाट यो सम्झौता पारित भय भने नेपालको खानी बिदेशीको कब्जामा जाने र अमेरिकी सेनाले नेपालमा परेड खेल्ने र नेपाल अफगानिस्तान र इराक झै रणभूमि बन्छ त्यसकारण एम सि सि को बिरोध आबश्यक छ लघुले बताए ।

नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा युबाहरु बिरकूष्ण प्रजापति, रमेश बैद्य,आकाश बाडे, अशोक अवाल लगायतले युवा संघको बिगतको गतिविधि र संगठन बिस्तार बारे चर्चा गर्नु भएको थियो ।