ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

0
716

भक्तपुर, ३ असोज २०७८ । भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु ४ त ४६८२ नम्बरको ट्याक्टरका चालक राेशन चाैधरीकाे मृत्यु भएकाे स्थानीयले बताए।

सूर्यविनायक नगरपालिका–३ बालकोटमा ढल निर्माण गर्न निर्माण सामग्री लिएर जाँदैगर्दा साे ट्याक्टर दुर्घटना भएको हो।चालक चाैधरीकाे घर बर्दिया रहेकाे बताइएकाे छ।