लागूओषधसहित भक्तपुरबाट तीन जना पक्राउ

0
1107

भक्तपुर, ७ असोज। लागूऔषध कारोवारको आरोपमा भक्तपुरबाट प्रहरीले पक्राउ एक दम्पतिलाई पक्राउ गरेको छ ।

प्रहरीले भक्क्तपुर नगरपालिका वडा नं.५ क्वाछबाट प्रहरीले २१ राजेश शाही र उसकी श्रीमती १९ की सरिता शाहीलाई पक्राउ गरेको हो । बागमती प्रदेश ०२-०१६ प ०१२६ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरुहरले शंकास्पद गतिविधी गरेको हुँदा रोकी चेकजाँच गर्दा उनीहरुले बोकेको प्लाष्टिकको झोला भित्र निलो रङको ३ वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागू औषध फेला परेको प्रहरीले बताएको छ ।

पालिकाको वडा नं. ६ भोलाछे बस्ने उनीहरुबाट नोफिन ६७६ थान, डाएजिपाम ६७६ थान, फेनरगन १८०० सय थान, प्रोमिथाजिन ९६ थान, मोसा थान १ थान १, मोबाइल ९ थान, सिमक कार्ड १३ थान र सिम कार्डको खोल ६ थान, आइएमई रसिद ११ थान र ४६ हजार रुपैँया बरामद गरेको सूचना अधिकारी दिपक गिरीले बताए ।

साथै प्रहरीले अनुसन्धान गर्दा केशब क्षेत्रीले राजेश शाहीलाई बेचेको भन्ने खुल्न बुझेपछि क्षेत्रीबाट २४३ एम्पुल लागूऔषध समेत बरामद भएको छ । उनले भारतबाट लागू औषध ल्याई उपत्यकामा बेचबिखन गर्ने व्यक्तिहरु माथी अनुसन्धान आएको अधिकारी गिरीले बताए ।