भक्तपुर, ९ असोज । ख्वप बचत तथा ऋण सहकारी संस्थाको महिला उप-समितिको आयोजनामा आज ब्यासीमा महिलाहरूलाई स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न छ ।
कार्यकममा समाज सेवी गणेश प्रसाद सुवालले एमसिसि बार चर्चा गर्नुहुँदै नेपाललाई इराक र अफगानिस्तानमा जस्तो ध्वस्त बनाउने र नेपाललाई युद्धको रणभुमि बनाउने भएकोले यसको खारेजीको लागि जनमत तयार गर्न आवश्यक छ भन्नुभयो । हामी नेपाली जुनसुकै संस्थामा भएपनि एमसीसी नेपालको लागि हितमा नभएकोले यस्को विरोधमा एकजुत भएर लाग्नु पर्ने चर्चा गर्नु भयो।
संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाको गतिविधि बारे चर्चा संस्थाले आर्थिक कारोबार साथै सामाजिक किरयाकलाप जोड दिदै रक्तदान कार्यक्रम र स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । संस्थाका सचिव लक्ष्मी नारायण सुवाल ले संस्थाले मल बाली लगाउने समयमा नपाउने समस्या लाई बिचार गरी नियमित रुपमा सुपथ मूल्य मा रासायनिक मल बितरण गरिरहेको र अहिले पनि मल अभाब भएको बताउनु भयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्थाका महिला उप-समितिका संयोजक राम लक्ष्मी लघुको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अतिरिक्त कूयाकलाप उपसमितिका अजेन्द कुमार लघु महिला उपसमितिका सदस्यहरु बबी मैया लघु रिता मैया सुवाल,सुमिना ब्यान्जुले कार्यक्रमको महत्वबारे चर्चा गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रममा सहभागी महिलाहरुलाई डा।बिकरम बासुकलाले स्तन क्यान्सरको अबस्था, सचेतता र समय उपचार बारे प्रशिक्षित गर्नु भएको थियो । उक्त कार्यक्रममा ३५ जना महिला दिदि-बहिनिहरुको सहभागिता थियो ।