गीतकार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ सुरु (भिडियो सहित)

0
1190

गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ नामक कार्यक्रम सुरु गरेका छन् । ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘मुक्तकको कथा’ को शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतकार ढुंगेल केही वर्षयतादेखि मुक्तक विधामा सक्रिय छन् । आफ्नो लेखन यात्राको सुरुवात गीतबाट गरेर उनी पछिल्लो समय मुक्तकमा सक्रिय भएका हुन् । भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशनमा सुरु भएको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादन प्रणय भुजू, व्यवस्थापन समन ढुंगेल र उद्देश्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन् ।

सो भिडियोका लागि पार्श्व आवाज किरण सुवालले दिएका छन् । भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम बारे सर्जक ढुंगेलले भने, ‘मुक्तकको कथा सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथा समेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको हो ।’ पिक्सेल प्रोडक्शन नेपालले,पोस्ट प्रोडक्शन भुमिका निभायेका छ्न ।