भक्तपुर । बागमति प्रदेशको राज्यमन्त्री भएकोमा माननीय राज्यमन्त्री सरस्वती बाटीलाई घरेलु तथा साना उद्योग संगले बधाई तथा कार्यकालको शुभकामना गरेको छ । सांसद सरस्वती बाटी बागमति प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री हुन भएकोमा राज्यमन्त्री बाटीलाई भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत एव राज्यमन्त्री हुनभएकोमा नेवारी परम्परा अनुसार दही सगुन दिई बधाई एव सफलकार्यकालको शुभकामना प्रदान गरेको हो ।
कार्यक्रममा माननीय राज्यमन्त्री बाटीले लघु घरेलु तथा साना उद्योगको उत्थानको लागि आफुले सकेको सहयोग गर्ने बचन दिनुका साथै विगतमा घरेलु विकास समितिमा रही कार्य गरेको कारण घरेलु तथा साना उद्यमीहरुको पीरमर्का बारे उहाँ परिचित भएको जानकारी गराउँदै लघु घरेल तथा साना उद्यमीहरुको समस्या तथा समाधानका उपायहरु लिखित रुपमा दिनको लागि संघलाई आग्रह गरी पर्यटन प्रवध्दन गर्न प्रदेश सरकारमा बजेट भएको कारण कोशेली घर पुन संचालनको लागि पहल गरिदिने बताउनु भयो ।
उक्त कार्यक्रममा संघका अध्यक्ष प्रेम खर्जबुजाले कोरोनाका कारण लघु घरेलु तथा उद्यमीहरु पुजीको अभावले गर्दा धरासायी हुने अवस्थामा पुगेकोले ती उद्योगहरुलाई पुन जागृत गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने धारणा राख्दै प्रदेश सरकारको बजेटबाट संचालित भक्तपुरको कोेशेली घर कोरोनाका कारण लामो समय बन्द भएको कारण पुन संचालनको लागि बजेटको व्यवस्था गरीदिन अनुरोध गर्नुभयो ।
त्यसैगरी संघका पुर्व अध्यक्ष तथा महासंघका उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठज्युले संघ स्थापनाको औचित्य र संघले गर्ने गरेका कार्यहरुबारे बताउनु भयो । यस्तै पुर्व अध्यक्ष तथा महासंघका कोषाध्यक्ष श्री सत्यनारायण प्रजापतिज्यूले भक्तपुरमा पनि औद्योगिक ग्राम आवश्यक भएकोले त्यसको लागि पहल गरिदिनु हुन अनुरोध गर्नुभयो ।
संघका पुर्व महिला उद्यमी समितिका सभापति एव केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष श्री रीता अवालज्युले महिलाहरुलाई पनि उत्थान गर्ने हेतुले महासंघ अन्तर्गत महिला उद्यमी समिति गठन गरेको जानकारी गराउँदै महिला उद्यमी समिति ६७ जिल्लामा गठन भएको जानकारी गराउनुभयो ।
संघका निवर्तमान अध्यक्ष श्री बिरेन्द्र जतिज्युले बागमित प्रदेशमा उत्पादन हुने निश्चित बस्तुलाई मौलिक बस्तुको रुपमा परिभाषित गरी त्यस्ता उद्योगहरु प्रवर्ध्दन गर्न बजेतको व्यवस्था गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष एव बागमति प्रदेशका सदस्य राजु श्रेष्ठ तथा संघका सचिव श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योग प्रवर्ध्दन गर्न बागमति प्रदेशले उद्योग प्रवर्ध्दनका योजनाहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।