सुकेको मरिचमा लुकेको चमत्कारी फाईदा !

0
938

सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता मरिच स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै महत्वपुर्ण मानिन्छ यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच ।

मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ। सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । मरिच उत्तेजना, सुगन्ध र स्फूर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ ।

जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी

भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ ।

छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ ।पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो ।

जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।