भक्तपुरमा जीविकोपार्जन पूनरुथानका लागि दिगो पर्यटन परियोजना लागू

0
1024

भक्तपुर । भक्तपुरमा पर्यटन दिवसको अवसर पारेर जीविकोपार्जन पूनरुथान कार्यक्रम थालनी गरिएको छ ।
पर्यटन व्यवसायमा लागेका मजदुरहरुको जीविकोपार्जनका लागि उक्त कार्यक्रम लागु गरिएको हो ।
कोरोना महामारीका कारण सिथिल भएको पर्यटन व्यवसाय र उक्त व्यवसाय सँग प्रत्यक्ष सरोकार भएका मजदुरहरुको जीविकोपार्जनका लागि देश भर नै विभिन्न कार्यक्रम गरिदै आएको हानका उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटन व्यवसायमा लागेका मजदुरहरुको सहयोगका लागि नै काम दिगो पर्यटन का लागि पर्यटकिय क्षेत्रहरुको सरसफाई तथा विभिन्न पदमार्ग आदीको निर्माणका लागि विभिन्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
पर्यटन व्यवसाय ठप्प भएसँगै खाली भएका मजदुरको हातमुख जोर्ने बाटोका रुपमा आएको परियोजना निकै नै लाभदायी भएको भक्तपुर होटल व्यवसायी संघका अध्यक्ष सत्यराम सुवालले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्टसंघीय विकास कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका भित्र मजदुरहरुको जीविकोपार्जनका लागि सफाई कार्यक्रम थालनी गरिएको छ ।
दश दिन सम्म चल्ने उक्त कार्यक्रममा ४० मजदुरहरुको सहभागित रहेको छ ।
कार्यक्रमको थालनी भक्तपुरको दुधपाटीमा भएको भाज्य पुखुबाट सुरु गरिएको थियो ।