सेना र विधुत प्राधिकरणको लापरवाहीले छालिङका दुई जना घाइते

0
1063

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ जाने बाटोमा नै रहेको खरिपाटी तालिम केन्द्र र स्थानीयको विवाद चरम सिमामा पुगेको छ ।
सोमबार दिउसो आएको हावाहुरी सँगै आएको पानीले व्यारेक किनार भएर घर जाने क्रममा व्यारेक भित्रको रुख ढली ११०० भोल्टेजको करेन्ट प्रवाह नै भई रहेको खम्बामा लाग्दा खम्वा ढली दुई स्थानीय घाईते भएपछि उक्त विवाद झन चर्केको हो ।

स्थानीय श्रदा बाटा र अनिसा खड्का उक्त बाटो भएर घर जाँदै गर्दा व्यारेक भित्रको रुखको हाँगा खसेको थियो ।
विगत १५ वर्ष देखि उक्त बाटोमा भएका ठूला रुख हटाउन र बाटो विस्तार गर्न पटक पटक व्यारेक सँग समन्वय गर्दा पनि व्यारेकले अटेर गर्दै आएको स्थानीयको आरोप रहेको छ ।
हामीले पटक पटक व्यारेक सँग समन्वय गरी कसरी यी धराप भएका रुखको व्यवस्थापन गर्ने बाटो विस्तार गर्ने भन्ने विषयमा छलफल गर्दा पनि व्यारेकले भने अटेर गर्दै आएको चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले बताउनुभयो ।
उहाँका अनुसार उक्त बाटोमा भएका रुख र एक लेनको बाटोका कारण हजारौं घरमा जाने बाटोमा समस्या भएको छ । बाटो साँगुरो हुँदा र व्यारेकले बाटोको मापदण्ड सम्म पनि छोड्न नमान्दा बर्षैनी दुर्घटनाको शिकार स्थानीय हुनु परेको उहाँले बताउनुभयो । वडा अध्यक्ष खड्काका अनुसार आज करेन्ट लागेर दुई जना घाईते हुनु मात्र नभएर वर्षैनी व्यारेकका कारण स्थानीयले ज्यान गुमाउन वाध्य भएको समेत बताउनुभयो ।
हामीले यो बाटो बढाउनु पर्यो भनेर स्थानीय निकायमा विजयी भएर आएदेखि पटक पटक पत्राचार समेत गरेका छौं तर उनीहरुले हाल सम्म पनि यसमा चासो नदिएको उहाँले बताउनुभयो । खड्काका अनुसार हामी बाटो विस्तार भएपछि व्यारेकको सुरक्षाका लागि पर्खाल सम्म बनाउँछौ भन्दा पनि व्यारेकले नमानेको अवस्था रहेको छ ।
व्यारेको अटेरी पनाका कारण स्थानीयले दुःख पाउनु परेको भन्दै स्थानीयले खरिपाटी तालिम केन्द्रको गेटमा घर्ना नै दिएका छन ।
व्यारेक सँग पटक पटक स्थानीयले वार्ता गरेको भएपनि हाल सम्म कुनै समाधानको बाटोमा व्यारेक नगाएको स्थानीयले बताए ।