सल्लाघारीमा मोटरसाइकल दुर्घटना ,एकको मुत्यु

0
803

भक्तपुर ।  सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका छन् ।

गएराति करिब पौने ९ बजेको समयमा सूर्यविनायक तर्फबाट आउदै गरेको RJ 02 GB1917 भारतीय नं.को १८ चक्के खाली टेलर गाडीले दुवाकोट मोडबाट आएको मोटरसाइकल लाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

सल्लाघारी स्थित ड्युटीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगी तत्कालै उद्धार गरी अस्पताल पुर्याएको थियो। अस्पतालले चालक रजौरा लाई राति ९ बजे नै  मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार कौशलटारका २८ वर्षका अमृत सिलवाल सकुसल छन् । उनी अस्पताल बाट डिस्चार्ज समेत भैसकेका छन् । टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिईएको जनाएको छ ।

दुर्घटनाको अनुसन्धान गर्न जगाती बृत्तका इन्स्पेक्टर बिष्णुहरि फुयालको नेतृत्वमा प्रहरी परिचालित भएको बताइएको छ । तिब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको इन्स्पेक्टर फुयालले बताएका छन् । घटना सम्बन्धमा थप: अनुसन्धान भईरहेको उनको भनाइ छ ।