एमसीसी विरुद्ध नेमकिपाको लगातार विरोध प्रदर्शन (फोटो फिचर)

0
1739

देश हितविपरीतको एमसीसी सम्झौताविरुद्ध देशभरिका सबै स्थानीय पालिकामा विरोध सभा र जुलुस गर्ने नेपाल मजदुर किसान पार्टीको कार्यक्रम गरेको छ । देशको विभिन्न जिल्ला पालिकाहरुमा लगातार रुपमा एमसीसी सम्झौताविरुद्ध विरोध जुलुस गर्दै आइरहेको छ ।

विरोध जुलुसमा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवाल , बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई र सांसद सृजना सैजु नियमित रुपमा उपस्थिति देखिन्छ । उक्त विरोध जुलुस नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयृक्त आयोजनामा गरेको हो ।

सभाहरुमा अतिथिहरुले “अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले एमसीसी सम्झौतामार्फत नेपाल कब्जा गरी एसियामा युद्ध थोपर्न खोजेको, अमेरिकी रक्षा विभागको दस्तावेजअनुसार एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन भएको ,सम्झौतामा विद्युत् प्रसारण लाइन भैरहवाको भारतीय सीमासम्म जोड्ने उल्लेख गरिनु नेपालको जलविद्युत् भारत हुँदै सिङ्गापुरसम्म लाने र नेपाललाई अँध्यारोमै राख्ने , नेपालका पूर्वसचिव, अमेरिकाको लागि पूर्वराजदूत र जलविद्युत् माफियाहरू एमसीसी सम्झौताको सहयोग नलिए नेपालको छवि बिग्रिने, वजन हलुङ्गो हुने, बाँकी विश्वले नेपाललाई अविश्वास गर्ने, लोडसेडिङको कहर पुनः खेप्नुपर्ने, कोभिड–१९ बाट थिलथिलो भएको अर्थतन्त्र उकास्न नपाउनेजस्ता हल्ला फैलाइरहेको, अतिथिहरुको भनाइ छ ।

एमसीसीको विरोधमा चितवनमा निकालेको विरोध जुलुस
एमसीसीको विरोधमा नेमकिपा कोहोरपुरमा निकालेको विरोध जुलुस पछिको सभा
एमसीसीको विरोधमा नेमकिपा काठमाडौं जिल्लाले निकालेको विरोध जुलुस
एमसीसी साम्झौता,समसामायिक राजनितिक विषयमा सुर्खेतमा प्राध्यापक समाजको अन्तरक्रिया
एमसीसी सम्झौताविरुद्ध युवा विद्यार्थीद्धारा भक्तपुरको मध्यपुरमा विरोध जुलुस
एमसीसी सम्झौताविरुद्ध नेमकिपा काठमाडौं जिल्ला समितिको आयोजनामा कीर्तिपुरमा विरुद्ध जुलुस तथा समसामयिक राजनीतिबारे जनसभा
एमसीसी सम्झौताविरुद्ध चामुण्डा बिन्द्रासैनीमा सहभागीहरु
एमसीसी सम्झौताविरुद्ध आठबिस नगरमा बिरोध जुलुस साथै दैलेखको राकम कर्णालीमा सभा
एमसीसी सम्झौताविरुद्ध भक्तपुरको सूर्यविनायकमा विरोध जुलुस
एमसीसी सम्झौताविरुद्ध अछाममा जनसभा
एमसीसी सम्झौताविरुद्ध काभ्रेको पाँचखालमा विरोध जुलुस पछिको जनसभा
एमसीसी सम्झौताविरुद्ध जुम्लाको चन्दननाथ नगर पालिकामा विरोध जुलुस
एमसीसी सम्झौता खारेजीको माग गर्दै नेमकिपा, रुपन्देहीद्वारा भैरहवामा विरोध सभा
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेमकिपा, कैलालीद्वारा विरोध जुलुस
एमसीसी सम्झौताविरुद्ध सुर्खेतमा विरोध सभा
एमसीसी सम्झौताविरुद्ध राजधानी आयोजना गरेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूमाथि प्रहरीको लाठ्ठी