गुण्डुको विकास, लगातार सडक दुर्घटनामा मात्र

0
856

भक्तपुर । भक्तपुर–सुर्यबिनायक नगरपालिका ७ गुण्डुमा नं बा ४ ख ८४७८को यात्रु बाहक बस दुर्घटना भएको छ । आज बिहान लगभग ९.५० बजे बुढीगण्डकी खोलाको पुल भन्दा करिब पचास मिटर माथि बिच सडकमा बस पल्टिएको हो ।

दुर्घटनामा एकै परिवारका तीन जना सहित ९ जना गम्भीर घाइते भएका छन् । शनिवारको दिन घर परिवार सहित बजारमा किनमेलका लागी निस्केका मिठाराम जिसि गंभिर घाईते छन् भने उनको श्रीमती उषा जिसि सख्त घाईते भएकी छन् उनिहरुको छोरा दुर्घटनामा सामान्य घाईते भएका छन् ।

गुण्डुबाट सूर्यबिनायक तर्फ जाँदै गरेको गाडीका चालक रत्ननगर टाँडी बस्ने राजन बहादुर गुरुँगलाई प्रहरी प्रभाग गुण्डुले नियन्त्रणमा लिएको छ । घाईतेहरुको भक्तपुर हस्पिटल र मध्यपुर हस्पिटलमा उपचार भैरहेको छ ।