एमालेको आधिकारिक नयाँ लोगो

0
1012

काठमाडौँ । नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।

उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।

महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन् ।