भक्तपुर , २२ असोज २०७८ शुक्रबार । आस्था साँस्कृतिक परिवारको आयोजनामा तीन महिना आधुनिक बासुरी र पम्परागत धिमे बाजा प्रशिक्षण विहिबार सम्पन्न भएको छ । उक्त लोकार्पन समारोह भक्तपुरको क्वाठडौं , दत्तात्रय ,चोर्चा , याछें, महाकाली ,महालक्ष्मी , नगपोखरी , च्यामासिंह, ब्रम्हायणी हुँदै नगरपरिक्रममा गरेको हो ।
आस्था साँकृतिक परिवारको २० जना धिमे र ८ जना बासुरीमा प्रशिक्षण पुरा गरि गरेको अवसरमा उक्त बाजाको समापन गरेको आस्था साँस्कृतिक परिवारले जानकारी गराएको छ ।
उक्त प्रशिक्षणको समापन समारोहमा बासुरी प्रशिक्षक यजु आचार्य र धिमे प्रशिक्षक प्रविन लाखाजुलाई सम्मान स्वरुप धन्यबाद प्रत्र प्रदान गरेको हो । साथै प्रशिक्षार्थीहरु पनि तालिम पुरा गरेकोमा प्रमाण पत्र प्रदान गरेको थियो ।
समापन कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला अध्यक्ष मिलन गणेजुले परम्परागत संस्कृति र सभ्यतालाई जीवन्त राख्न, नयाँ पुस्तालाई दिक्षित गर्न यस्तो तालिमहरुलाई निरन्तरता दिन्दै आएको र दिन्दै जानु पर्ने बताए ।
कार्यक्रममा प्रशिक्षका लागि धिमे उपलब्ध गराएर सहयोग गर्ने ब्रम्हायणी धिमे खललाई पनि धन्यवाद पत्र प्रदान गरेको थियो ।