भक्तपुर ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा असोज १४ (बिहिवार) राति १२ बजेदेखि अनावश्यकरुपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश, जात्रा महोत्सव गर्न निषेध गरेको गरेको भएपनि भक्तपुरको सूर्यविनायकमा भने तामझामका साथ महोत्सव नै आयोजना गरिएको छ ।
चाडपर्वमा हुने भिडभाडले कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी यस्ता गतिविधिहरु बन्द गर्न बिहिवार आदेश जारी गर्नुभएको थियो ।
तर पैसा र पावरको भरमा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ मा रहेको तरकारी बजारमा हजारौं मान्छे जम्मा पार्दै विभिन्न साँस्कृतिक कार्याक्रमका नाममा मेला नै आयोजना भएको हो ।
असोज १८ गते देखि सूरु भएको उक्त मेलामा हरेक दिन ४ बजे देखि तामझमका साथ साँस्कृतिक कार्यक्रमको नाममा कन्सर्ट आयोजना गर्दै हजारौंको भिड जम्मा गरिने गरेको छ ।
कोरोना महामारिका कारण साँस्कृतिक जात्रा परम्परा एवं चाडबाड मनाउने भने रोक लगाउँदै गर्दा यस्ता निजी तवरबाट आयोजना हुने मेला महोत्सवलाई भने प्रोत्साहन दिनु परम्परागत जात्राहरुमाथीको रोक लगाउने वहाना मात्र भएको स्थानीले बताउँदै आएका छन् ।
परम्परागत जात्राहरुलाई रोक लागाउने हेतुले जिल्ला प्रसाशन कार्यालय र नेपाल सरकारले विभिन्न विज्ञप्ती जारी गरेको छ तर यस्ता जात्रा महोत्सव सस्तो बजारका नाममा गरिने मेलामा भने कसैको ध्यान नगएको स्थानीय हरु बताउँछन् ।
सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका नाममा उक्त स्थानमा मेला नै आयोजना गरिएको स्थानीले जानकारी दिए ।
मेला महोत्सव गर्न जिल्ला प्रसाशन कार्यालयले रोक लगाएको भएपनि तरकारी बजारको आडमा सूर्यविनायकमा मेला आयोजना गरिएको पाईएको हो ।
सस्तो बजार एवं सबै थोक पाईने बजार भन्दै तरकारी बजारको दुरुपयोग गर्दै उक्त स्थानमा मेला महोत्सव आयोजना गरिएको पाईएको छ ।
प्रशासनले चाडपर्व तथा जात्राहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्युनतम सहभागितामा सांकेतिकरुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल भएर मनाउन आग्रह गरेको थियो तर यसको अवहेलना गरिएको पाईएको छ ।