ख्वप साकोसमा संस्थापक सदस्यहरु बीच शुभकामना आदानप्रदान

0
560

भक्तपुर । ख्वप साकोसमा संस्थापक सदस्यहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सल्लाहकार बालमुकुन्द बासुकलाले सहकारी संस्थाले रासायनिक मल मात्र नभई पशु पन्छीका आहार र औषधि तथा कूषिका बीउ पनि बिक्री गर्नु पर्ने बताउनुभयो ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार कुमार लघुले आखा शिबिर,दन्त शिबिर संचालन गरी टोलबासीको पनि मन जित्न प्रयास गर्नू पर्ने , अध्ययन अवलोकन भ्रमण आयोजना गरदा संस्थापकहरुलाई सहभागी गर्नु पर्ने बताउदैं शुभकामना ब्यक्त गर्नु भयो । अर्का सल्लाहकार कूष्ण भक्त लघुले कार्य योजना बनाई कार्य गर्नू पर्ने र कुनै कार्यक्रम गर्दा शिहाबलोकन गरे गल्ती हुदैन भन्यो ।

ख्वप बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राजकुमार लघु ले संस्थाको गतिविधि बारे प्रष्ट पार्द दिगो बिकासको निम्ति संस्थाले ०-३-३-० जग्गा ४२,९९,५००/ मा खरिद गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मी नारायण सुवाल, कोषाध्यक्ष अमर बासुकला, संस्थापक शेयर सदस्यहरु बिष्णु कुमार बासुकला,नरेश सुवाल,केपी सुवाल र राजाराम बासुकला लक्ष्मी दास बासुकला पनि सहकारी बिकास बिस्तार बारे चर्चा गर्नु भएको थियो ।