भक्तपुर, २४ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलबिनायमा रहेको मिनिमार्टहरु ३ वटा पसलहरु अनुगमन गरियो ।
अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारीको मिनिमार्टमा म्याद नाघेको गोल्डेन क्रोन रेड चेरी ४ वटा, तोमयाम पेस्त ११ वटा, खजुरी पप ४ पाकेट जफत गरी नष्ट गरियो भने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बतायो । साथै सामानहरु व्यवस्थित राख्ने, लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न निर्देशन दियो ।
त्यस्तै कमलबिनायक मिनिमार्टमा लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु अमुल पिजा चिज २ पाकेट, रोयाल पाटन सबुदान ७ पाकेट जफत गरी नष्ट गरियो ।
के.एम.मार्टमा लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, दर्ता नविकरण गर्न, म्याद नाघेको समानहरु अलग स्टोरमा राख्ने व्यवस्था गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु पशुपति पापड १४५ पाकेट, क्वीक विस्कुत १६ पाकेट, २०÷२० विस्कृट ६ पाकेट, रसवरी ९ बट्टा, जम्बो मेरिण्डा ६ वटा जफत गरि नष्ट गरियो ।
अनुगमनमा सदस्य रोशन मैया सुवाल, श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक छत्र बहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापति, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवालको सहभागी रहेको थियो ।