भक्तपुर । बालाखु गणेश साकोसको १४ औ साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष केदार खडकाको प्रमुख आतिथ्यमा होटेल स्वीट होमको सभा हलमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि केदार खडकाले सहकारी निम्न आय भएकाको आर्थिक स्थिति उकास्न प्रयास गर्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रतिनिधि राजकुमार लघुले बालाखु गणेश साकोसको सकारात्मक पक्षबारे चर्चा गर्दै साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले जिल्ला संघले अन्तर लगानी, तालिम र सहकारी ऐन नियम र नियमावली भयको अब्यबहारिक र संशोधन गराउन सम्बन्धित निकायमा ज्ञापन पत्र दिने घच्घच्याउने कार्य गर्दै आईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार नयनसि धामि, बालमुकुन्द सुवाल, सचिव अनिल सुवाल कानुनी सल्लाहकार अनिष सुवालले पनि साधारण सभा सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभा संस्थाका अध्यक्ष सीताराम कोजुको सभापतित्वमा सम्पन्न भएको थियो । दोश्रो चरणमा सचिव राजेन्द्र सुवालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनिल सुवालले प्रस्तुत गरि सर्वसमितिले पारित गरेका थिए ।