भक्तपुर । ज्योती लाईफ इन्स्योरेन्स भक्तपुर शाखाले पार्किन्सस रोग भएका मेघ बहादुर परियारलाई घातक रोग दाबी भुक्तानी रकम रु ५ लाख हस्तान्तरण गरेको छ । पार्किन्सस रोग भएका मेघ बहादुर परियारलाई बिमाको रकम भक्तपुर शाखा प्रमुख नन्द कुमार दथेपुथे वीमा रकम पाँच लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो।
हुम्लाबाट वीमा भक्तपुरबाट सेवा
परियाले ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन वीमा गरेका थिए । हुम्ला सिमकोट ८ का भई हाल भक्तपुरमा बसोबास गदै आएका परियारले हुम्ला शाखाबाट वीमा गरेको थियो भने उनले कम्पनीसंग दाबी भुक्तानी भक्तपुर शाखाबाट गरेको हो ।
वीमा रकम हस्तान्तरण गर्दै भक्तपुर शाखा प्रमुख नन्द कुमार दथेपुथेले बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए । नेपालको जुनसुकै शाखाबाट यस्ता घातक रोग दावी गर्न सकिने र पीडितको पिडाको घडीमा सहज तरिकाले सेवा दिने शाखा प्रमुख दथेपुथे बताए ।
उक्त वीमा रकम लिदै पार्किन्सस रोग नामक घातक रोगबाट पिडित मेघ बहादुर परियारले यो पीडाको घडीमा बिमा रकम दिएर हाम्रो घाउमा मलम लगाएकोमा ज्योती लाईफ ईन्स्योरेन्स परिवारलाई धन्यवाद दिए । घातक रोगबाट पिडित मेघ बहादुर परियारले परिवारको लागि बचत गरेको छु भन्ने सोचेको थिएँ तर आज मेरो जीवन बचाउन काम लाग्यो । वीमा मरेपछि पाईन्छ भनेर गर्ने होइन, सुरक्षाको लागि गर्ने भन्ने शिक्षा पाएकोले सबैलाई अरु काम भन्दा पहिले वीमा गर्नु आवश्यक रहेको र बिमाको लागि ज्योति लाईफ भक्तपुर जिल्लामा धैरे भक्तपुरवासीहरको विश्वास जित्न सफल भएको र आफ्नो उपचारको लागि सहयोग गरेकोमा बिमा कम्पनीका कर्मचारी र कम्पनीलाई आभार व्यक्त गरे ।