प्रखर प्रतिपक्षको ‘प्रतिपक्षी कलम’ सार्वजनिक,पुस्तकमा राजनितिक नायक-खलनायकको तस्विर

0
1555

भक्तपुर,२७ असोज २०७८, बुधबार । पत्रकार एवं लेखक लक्ष्मणराज जोशीद्धारा लेखित लेखहरुको संग्रह ”प्रतिपक्षी कलम” सार्वजनिक गरिएको छ । उक्त पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे सार्वजनिकरण गर्नुभएको हाे ।

सार्वजनिकरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले पत्रकार एवं जनलेखक लक्ष्मणराज जोशीले पत्रकारीकताको घर्म निर्वाह गर्नुका साथै ठुला पुँजीपतिहरुलाई प्राहार गरेको बताउनुभयाे । पुस्तक सैद्धान्तिक र राजनितिक आलोचक तथा राजनितिक नायक र खलनायकहरुको तस्विर देखाएको विजुक्छेंले बताउनुभयाे ।

कार्यक्रममा जनलेखक एवं पत्रकार लक्ष्मराज जोशीले सिर्जनमा प्रतिक्रियाको आवश्यकता पर्ने कुरा बताउदै लेख देश र जनताको पक्षमा लेख्नु पर्ने कुरा बताउनुभयाे । जोशीले आफुले जानेकाे कुरालाई पार्टीको सैद्धान्तिक तहमा रहेर लेखेकाे बताउनुभयो । लेखकको रचना पाठकहरुको प्रतिक्रियाबाट मात्र थाहा पाउने भएकोले आफ्नो अनुहार आफैले हेर्न नसकिने भएकाले ऐना हेर्नु पर्ने भएकाले लेखको ऐना पाठकहरु भएको र रायसुझाबले थप लेखमा ताजकि आउने कुरा बताउनुभयाे ।

उक्त समारोहमा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइले पत्राकार एवं प्रतिपक्ष कलमका लेखक लक्ष्मणराज जोशीको पुस्तकमा प्रतिक्रियावादीहरुको खण्डन गरेको र उक्त पुस्तक सशक्त र धारिलो हतियार भएको र नयाँ पुस्तामाझ पार्टीको सैद्धान्तिक ज्ञान दिन सहज भएको र पठनीय भएको कुरा बताउनुभयाे ।

कार्यक्रममा योगेन्दमान विजुक्छेंले पुस्तकमा चर्चापरिचर्चा गर्नुहुँदै तत्कालीन शासक दलले के कस्ता घात गरे र नेमकिपाले पुँजीबादी समाजलाई कसरी हेरेको छ भन्ने पुस्तकमा लेखकले पाठक समक्ष प्रस्ट पारेको छ भन्ने कुरामा उहाँकाे जाेड थियाे।

कार्यक्रमा नेमकिपाका केन्द्रीय सदस्य हरि सुन्दर बासी, बागमती प्रदेशका सदस्य सांसद सुरेन्द्रराज गोसाई र सांसद सृजना सैजु ,लेखक याेगेन्द्रमान विजुक्छें, रजनी जोशी, सुशिला कमचार्य र नरेश खत्रीले समेत पुस्तक बारे चर्चापरिचर्चा गर्नुभएकाे थियाे । पुस्तकको प्रकाशक स्रष्टा समाज रहेको छ ।