भक्तपुर २८ असोज २०७८,विहिबार । वरिष्ठ जनलेखक एवं पत्रकार लक्ष्मणराज जोशी(जोराल)को पुस्तक ”प्रतिपक्षी कलम” पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रम नेपाल क्रान्तिकरी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा भक्तपुरको ख्वप कलेजममा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले लेख रचना राजनितिक हतियार हो भन्नु भयो । उक्त पुस्तक मानवशास्त्र , दर्शनशास्त्रको विद्यावधीको लागि समेत सहयोग मिल्ने कुरा व्यक्त गर्नु भएको थियो । राजनितिकमा योग्य मान्छेलाई नेतृत्वमा ल्याउनुपर्ने कुरा सांसद सुवाले बताए ।
कार्यक्रममा लेखक एवं वरिष्ठ पत्रकार लक्ष्मणराज जोशीले आफनो लेख खेख्दा गरेको मेहनत खेर नगएको महसुज भएको बताउनु भयो ।
नेक्राविसंघका केन्द्रीय सह-संयोजक सुरेश परियारले पुस्तक बारे चर्चापरिचर्चा गर्नु हुँदै ”लेखहरुले पुँजीवादी पार्टी र शासक दलहरुलाई चोटिलो प्रहार गरेको गरेको कुरा बताउनु भयो । लेखहरुमा उदाहरण मार्फत अझ प्रस्त पार्ने काम गर्नुका साथै उक्त प्रतिपक्षी कलमले जनताको सेवा गर्न शसक्त रुपमा प्रस्तती भएको सुरेश परियारले बताए ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय संयोजक प्रकाश गुरुङले प्रतिपक्षी कलम आशाबादी , विद्दोही भाव यस पुस्तकमा पाउनुका साथै यस पुस्तकले अझ धेरै जोराल जन्माउने विश्वास व्यक्त गर्नु भयो । उक्त पुस्तक हामी सबैको मनमा रहेको अभिव्यक्ति पनि हो संयोजक गुरुङल बताए ।
कार्यक्रमा प्राध्यापक समाजका सुनिल दुवाल, सुजन माकले समेत पुस्तकको बारे चर्चापरिचर्चा गर्नु भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव रमेश प्रजापत्रि र सदस्य जानकी सिजापतिले समेत बोल्नु भएको थियो ।