विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी जात्रा

0
941

भक्तपुर । आज विहानदेखि नै भक्तपुरको चाँगुनारायण नपाको वडा नंम्वर ९ स्थित ताथलीको ब्रम्हायणी मन्दिरमा ब्रह्मायणी जात्रामा भक्तजनहरुको सहभागीत उत्सहजन रहेको छ । आज विजयादशमीको दिन नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वास छ ।

आज व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा दीप बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ। हिजो महिषासुर दैत्यको प्रतीक खःमेयलाई ब्रम्हायणी मन्दिर पुर्‍याएको थियो ।