आजकाे मौसम

0
770

देशभर आजको मौसममा पनि सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूका साथै बागमती र गण्डकीका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेकाे छ ।

सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरू र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

अहिले बिहान देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ । यस्तै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भइरहेकाे छ ।

माैसमविद्का अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको महाशाखाले जनाएकाे छ ।