एमसीसी सम्झौता खारेज गर्न प्रदेश १ र २ मा नेमकिपाको विरोध जुलुस (फोटो फिचर)

0
1170

प्रदेश २   ”एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन हो । माओवादीका प्रम बाबुराम भट्टराईले यो सम्झौताको आधार तयार गरे । त्यसपछिका प्रमहरूले यसलाई अघि बढाए । अमेरिकी रक्षा विभागको ‘हिन्द–प्रशान्त अवधारणा’ र ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा एमसीसी सम्झौता सैन्य गठबन्धन भएको र हिन्द–प्रशान्त क्षेत्रका देशहरूमा एमसीसीमार्फत आर्थिक सहयोग हुने एवम् ‘एसियामा यसको मुख्य साझेदार भारत’ हुने उल्लेख छ ।

यसलार्ई तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्प, विदेश सहायकमन्त्री जोसेफ एच फिल्टर, विदेश राज्यमन्त्री एलिस जी वेल्स, तत्कालीन विदेशमन्त्री पोम्पेओ, हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमान्डर फिलिप डेभिड्सन, अमेरिकी विदेश सहायक राज्यमन्त्री डेभिड जे रेन्ज र अमेरिकी राजदूत -यान्डी बेरीले स्वीकार गरेका छन् । यो सम्झौताले एसियामा युद्ध थोप्नेछ भने विश्वमै अशान्ति मच्चाउनेछ । अमेरिकाले एसियालाई हतियार बेच्ने थलो बनाउनेछ । एमसीसी सम्झौता सैन्य गठबन्धन नभएको अमेरिकी अधिकारीहरूको दाबी ‘बाघले शाकाहारी’ दाबी गरेजस्तै हो, अर्थात् मिति नाघेको खाद्यान्न वा विषालु खाद्यान्नमा रिलेबलिङ गर्नुजस्तै हो । नेपाल सरकारले गठन गरेको एमसीए कार्यालयमा जलविद्युत् माफिया र अमेरिकी साम्राज्यवादका दलालहरूलाई नियुक्ति गरिएको ‘दूधको साक्षी बिरालो’ जस्तै हो ।

अहिले हिन्द–प्रशान्त क्षेत्रमा ३ लाख ७५ हजार अमेरिकी सेना तैनाथ गरिएको छ । यहाँका ९० ठाउँमा अमेरिका संलग्न संयुक्त युद्ध अभ्यास भइरहेको छ । संसारको ७० भन्दा बढी देशको ८ सत्र्न्दा बढी ठाउँमा अमेरिकी सैन्य अखडा छन् । दक्षिण कोरिया, जापान, इराक, लिविया, सिङ्गापुर, कतार, फिलिपिन्स, साउदी अरबदेखि भारतको विशाखापटनमसम्म अमेरिकी सैन्य अखडा विस्तार गरिएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरिएपछि नेपालमा पनि अमेरिकी सैन्य अखडा हुनेछ । नेपाल अमेरिकी नवउपनिवेश बन्नेछ । आर्थिक सहयोग र शान्तिको नाउँमा अमेरिका पुगेको देश ध्वस्त भएको पछिल्लो उदाहरण अफगानिस्तान हो ।”

उक्त कुरा नेपाल मजदुर किसान पार्टीले पछिल्लो पटक सडक आन्दोलनमा विभिन्न सभा सम्मेलनमा जनतलाई सूचित तथा शिक्षित बनाउदै शासक दलका पार्टीलाई पनि खबरदारी गर्दै विरोध जुलुसमा सम्बोधन गरेको भनाइ हो । गत भाद्र २१ गते काठमाडौँबाट सुरु भएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने मूल मुद्दाका साथ आन्दोलन प्रदेश नम्बर १ र २ मा पनि व्यापक रुपमा फैलिएको छ । सरकार र शासक दलहरूका घृणित खेलबाट आजित जनतालाई नेमकिपाले सदनबाट देश र जनताको पक्षमा दिएको आवाज, एमसीसीविरुद्ध एक्लैले भएपनि गरेको सङ्घर्ष तथा अनेक अन्तर्राष्ट्रिय महत्वका सवालमा निर्भिकतापूर्वक राखेको मतबाट उत्साहित बनिरहेका नेपाली न्यायप्रेमी जनताले नेमकिपाको सडक आन्दोलनप्रति नेपाली जनताल प्रदेश नम्बर १ र २ मा न्यानो स्वागत गरेको छ । प्रदेश नम्बर १ र २ मा नेमकिपाको विरोध जुलुसका केहि तस्विर

देशघाती एमसीसी सम्झौता खारेज गर्न माग गर्दै झापामा विरोध जुलुस तथा सभा
नेमकिपा जनकपुरको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेज गर्न जनकपुरमा विरोध सभा
सप्तरीमा देशघाती एमसीसी सम्झौता खारेज गर्न सभामा सम्बोधन गर्दै नेमकिपाका किसान नेता
देशघाती एमसीसी सम्झौता खारेज गर्न सिराहमा नेमकिपाको विरोध सभा
देशघाती एमसीसी सम्झौता खारेज गर्न वर्दिबासमा नेमकिपाको विरोध सभा
देशघाती एमसीसी सम्झौता खारेज गर्न सल्लाहीमा नेमकिपाको विरोध र्‍याली
उदयपुरमा नेमकिपाको विरोध र्‍याली
एमसीसीबारे नेमकिपाले व्यापक रुपमा नेपाली जनतालाई सचेत र शिक्षित बनाउन पर्चा वितरण गर्दै