आज दिनभर र राति कहाँकाे मौसम कस्तो रहला ?

0
1013

पहाडी भू–भागका एक–दुई  स्थानहरूमा हल्का वर्षाको  सम्भावना  रहेको मौसमविद्ले जानकारी दिएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम  सामान्यतया सफा रहेको छ । आज राति पहाडी  भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

राति प्रदेश १, गण्डकी  र कर्णालीका थोरै  स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको  समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।