भक्तपुर । साहित्यिक सम्मान संगम, भक्तपुरले स्रष्टाहरू तिलक प्रकाश र श्रीओम श्रेष्ठ रोदनलाई ‘ग्वंग सिरपा सम्मान’ प्रदान गरेको छ ।
वरिष्ठ स्रष्टा एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको नाममा स्थापित ‘ग्वंग सिरपा सम्मान’ साहित्यतर्फ श्रीओम रोदन तथा संस्कृतितर्फ तिलक प्रकाशलाई प्रदान गरिएको हो ।
५० हजार ५ रुपैयाँ राशीसहितको उक्त सम्मान रोदनको निबन्धसंग्रह ‘अभिबन्द्य’ र तिलक प्रकाशको कृति ‘वीरग्रन्थ’मा केन्द्रित रहेर प्रदान गरिएको हो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको सक्रियतामा वि.सं. २०५० सालमा साहित्यिक सम्मान संगमको स्थापना भएको थियो ।
ग्वंग सिरपा सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले गर्नु भएको हो ।
सम्मान गर्दै उप्रेतीले नेपाली साहित्यको गरिमा बढाउने श्रष्ठाहरूमा गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो ।