नेकपा एमाले भक्तपुर नगर अध्यक्षमा देउला सचिवमा शिल्पकार

0
1418

भक्तपुर । नेकपा एमाले भक्तपुर नगर सम्मेलनबाट सर्वसम्मतमा नगर कमिटि गठन भएको छ ।

मदन देउलाको अध्यक्षतामा सर्वसम्मत भएको नगर कमिटिमा उपाध्यक्ष केपी चवाल, सचिवमा विश्वराज शिल्पकार यस्तै सहसचिवमा राजु अवाल र रञ्जना खर्वुजा सर्वसम्मत भएका थिए ।

नगर कमिटि ५६ सदस्यको रहने नेकपा एमालेका नेता प्रचण्ड प्रधानले जानकारी दिनुभयो । सबै सदस्य निर्विरोध निर्वाचित भएका थिए ।