भक्तपुर,१७ कार्तिक २०७८,बुधबार । मौलिक उत्पादन आफैले प्रयोगमा ल्याएपछि मात्र बजार व्यवस्थापन गर्न सकिने भक्तपुरका सहायक सिडियो सीता परियारले बताउनु भयो । उक्त भनाई भक्तपुर घरेलु तथा साना उद्योग संघका आयोजनामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा सहायक सिडियोले बताएकी हुन ।
कार्यक्रममा परियारले मौलिक उत्पादन पर्यटन संग पनि संगै जोडेरलानुपर्ने कुरा बताउँदै शिक्षक, सरकारी कर्मचारीहरुलाई पनि घरेलु उत्पादनलाई अनिवार्य प्रयोगमा ल्याउन सके नेपाली उत्पादन र व्यवसायी विदेशीनु नपर्ने बताइन । साथै औपचारिक कार्यक्रममा मौलिक पोशाक प्रयोगमा ल्याए अतिथिहरुलाई समेत प्रेरणा मिल्ने कुरा बताइन । सहायक सिडिया परियारले घरेलु उत्पादन प्रवर्दनका लागि जिल्ला प्रशासन सकारात्मक रहेको बताईन ।
यस्तै कार्यक्रममा प्रशासकिय अधिकृत उर्मिला खतिवडाले घरेलु संघसंग सहाकार्य गरेर जान आफु तयार भएको बताईन ।
यस्तै कार्यक्रमा संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले नेपाली उत्पादनमा राज्यले लगाएको अँकुसका कारण नै घरेलु उद्यमी बजारिकरणमा समस्या भएको बताए । मानिसको जन्म देखि मुत्यु सम्म घरेलु उत्पादन नै प्रयोग हुने भएकोले यसको महत्व भएकोले जतिले बताए । जतिले नेवारी भाषामा बजि नेनला ( चिउरा खानु भयो ) अर्थात खाजा खानु भयो भन्ने शब्द प्रयोगमा आइरहेको हुँदा परापुर्वदेखि नै चिउराको महत्व रहेको बताए ।
कार्यक्रमा संघका केन्द्रीय कोषाध्यक्ष सत्य नारायण प्रजापतिले साना उघमी प्रति राज्यले हेर्ने हेर्ने नजर नै सानोभएको र सानो व्यवसायहरुलाई सुरक्षा समेतमा पनि हेपाहा नजर भएकाले जिप्रकालाई त्यस्ता उघेमीहरुलाई सहजीकरण गर्न अनुरोध समेत गरे ।
महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठले घरेलु उत्पादनले बजार पाउन नसकेको बताउनु भएको थियो । उक्त कार्यक्रममा संघका अध्यक्ष प्रम कृष्ण खबुजाले घरेलु तथा साना उधोग गर्ने उधेमीहरुलाई संघले सहजीकरण लगायत नीति नियमबारे जानकारी गरउनुका साथै विभिन्न मेला गोष्ठी लगायतमा सहभागीता जनाएको बताए । कार्यक्रम संघका सचिव श्यामसुन्दर श्रेष्ठले बोल्नु भएको थियो ।