भक्तपुर भारतीय व्यापारीहरुको कब्जामा

0
2800

भक्तपुर,१७ कार्तिक २०७८,बुधबार । भक्तपुरमा भारतीय व्यापारीहरुले कब्जा गरेको छ । उनीहरुले भक्तपुरमा कब्जा गरि व्यापार गर्न पाएकोमा स्वर्गको आभाष गरेको अनुभब सुनाए । दीपावलीको अवसरमा भक्तपुरको विश्व सम्पदा सूचिमा सुचिकृत पाँचतले मन्दिर एरिया र तौमडी  लगाएर दुधपाटी देखि च्यामासिंह, कमलविनाय,सुर्यविनायक क्षेत्र भारतीयले बाटो नै कब्जा गरि व्यापार गरिरहेको छ ।अधिकाँश क्षेत्रमा भारतीय व्यापारिले बाटो नै ढाक्ने गरि पसल राखी व्यापार गरिरहेको छ । यसरी भारतीय व्यक्तिहरुलाई सम्पदा क्षेत्र नै कव्जा गरी व्यापार गर्दा कुनै निकायले पनि कुनै चासो नदिई ठाउँ उपलव्ध गराएको देख्दा अचम्म लागेको तौमडीका एक स्थानीय व्यापारिले बताए । ती भारतीय व्यापारीहरुले बजार मुल्य बुद्धि गर्नुका साथैसामान्य पसलमा ५ सयमा पाईने ओखर ७ सय सम्म र नरिवल ४५० देखि ५०० प्रति केजी पाउने भएपनि तौमडीमा यो भन्दा महंगो लिएको एक ग्राहकले बताए । यस्तो बेला अनुगमन गर्नु भन्दा ती भारतीय व्यापारीहरुलाई नगरपालिकाले स्थान उपलब्ध गराई लुत्ने बाटो बनाएको स्थानीयहरुले बताए । यस्को साथै आफ्नो पसल अगाडीको व्यापारी गर्न दिए बापत चार दिनको १५ देखि २० हजार रुपैया सम्म नगद लिँदै स्थानीहरुले बाटो विक्री समेत गर्दै आएको खुल्न आएको छ ।