भक्तपुर । लक्ष्मी पुजाको दिन मध्यपुर ठिमीमा विहान ७ वजे नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्र माधव कुमार नेपाल शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बालकुमारी ठिमीमा आउने भएको छ ।
त्यस्तै भोलि विहानै ८ वजे नेपाली काँग्रेसका पुर्व उप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह मध्यपुर थिमिको भुलांखेलमा शुभकामना आदान प्रदान कार्यक्रममा आउने भएको छ ।
यस्का साथै भोलि दिउँसा १ बजे नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री के.पी. ओली दुईपोखरीमा मध्यपुर थिमि नगरपालिकामा हुने गन्तव्य मध्यपुर थिमि तस्वीर पुस्तक बिमोचन कार्यक्रममा आउने भएको छ भने१ः३० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल शंखरधरचोक मध्यपुर ठिमीमा राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उपस्थित हुने भएको छ ।
यस्को साथै शुक्रबार न्हुँ दँको दिन नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल संवात् प्रवर्तक राष्ट्रिय विभुति शेखधर साख्वाको प्रतिमामा माल्यार्पण समारोहमा उपस्थित हुने जानकारी गराएको छ ।