कमलबिनायक आवास र लान्चाफल्चा क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

0
856

भक्तपुर, १८ कार्तिक २०७८,विहिबार । लान्चाफल्चा एकता समाजले लक्ष्मी पुजाको अवसरका सरसफाई कार्यक्रम आयोजना गरी कमलबिनायक आवास क्षेत्र र लान्चाफल्चा क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका वडानिरिक्षक रामकृष्ण प्रजापतिले समाज गठन संगै पहिलो कार्यक्रम सरसफाइ राखे जस्तै सबैको मन सफा हुनुपर्ने, टोल र समाज सफा नभएसम्म आमुल परिवर्तन नहुने बताउँदै जनचेतना जगाउने उद्देश्यले प्रतिकात्मक रुपमा सरसफाई कार्यक्रम गर्नु भएकोमा नगरपालिकाको तर्फ धन्यवाद ज्ञापन गर्न भयो । साथै नेपालीहरु विविधतामा एकता खोज्ने भएकोले विभिन्न भाषा भाषि र जातजातिहरु मिलेर एकता समाज बनाई तिहार वा दिपावली जस्तो महत्वपूर्ण चाँडलाई रचनात्मक रुपमा सदुपयोग गरि सरसफाई गर्नु भएकोमा टोलबासीहरुलाई धन्यवादका व्यक्त गर्नु भयो । साथै जुवाताँस विकृति तर्फ समय वेतित नगरी चाँड मनाउन र स्वास्थ्यलाई असर नपने गरी खानपान र मिठाइमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले संस्था स्थापना गर्न सजिलो तर निरन्तरता दिन गार्‍हो हुने बताउँदै सबैले एकताबद्ध भई कार्य गर्न अनुरोधका साथ नर्याँ बर्ष ११४२ को अवसर शुभकामना(न्हुँदया भिन्तुना) व्यक्त गर्नुभयो ।

कार्यक्रममा लान्चाफल्चा एकता समाजका अध्यक्ष रामकृष्ण छुस्यावाग र सचिव डा.राजेन्द्र कोजूले पनि बोल्नु भएको थियो भने सरसफाई कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।