राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका परिमार्जित

0
46

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको निर्वाचन मंसिर ३ देखि ५ गतेसम्म हुनेगरि कार्यतालिका परिमार्जन गरिएको छ ।

यसअघि सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १ देखि ३ गतेसम्म गरिने कार्यतालिका रहेपनि सक्रिय सदस्यहरुको सदस्यता शुल्क बुझाउने काम सम्पन्न नभएका कारण कार्यतालिका परिमार्जित भएको राप्रपा अध्यक्ष कमल थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले बताउनुभयो ।

राप्रपाको बिहीबार सक्रिय अध्यक्षहरुको बैठकले कात्तिक २८ गतेसम्म सदस्यता शुल्क नबुझाए सा सदस्यता स्वतः खारेज हुने निर्णय पनि गरेको उहाँले बताउनुभयो । यसैगरी, केन्द्रीय निर्वाचन समितिले कात्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरुको नामावली पठाउने, मंसिर १ र २ गतेभित्र सक्रिय सदस्यहरुको नामावलीमा दाबी विरोध गर्ने कार्यतालिका तय गरेको उहाँ बताउनुहुन्छ ।

तथापि, राप्रपाको केन्द्रीय महाधिवेशनको मिति भने मंसिर ११ देखि १३ गतेसम्म गर्ने मिति कायमै राखेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here