भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघमा नयाँं नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँंदै छ । दुई वटा पदका लागि मात्रै निर्वाचन हुन लागेको हो । यसबाहेकका सवै पदका लागि भने सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष साधारणका लागि मात्रै निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान महासचिव रोशनीमैयाँं धौबन्जार र महेश धौबन्जारवीच प्रतिस्पर्धा हुँंदै छ । यस्तै उपाध्यक्ष साधारणका लागि कृष्णमुरारी न्यौपाने र राजन श्रेष्ठवीच प्रतिस्पर्धा हुँंदैछ ।
संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्राबधान छ । त्यस अनुसार वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर स्वतः अध्यक्ष भएका छन् ।
(बाँंकी सर्वसम्मत नेतृत्व चयन भएका पदाधिकारीहरुको नाम तालिकामा हेर्नुहोस् ।)