चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फको शुल्क निर्धारण गरेको छ । स्नातक र सोभन्दा माथिका तहहरूको शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ ।
विश्वविद्यालय, प्रतिष्ठान र विद्यार्थीहरूले बारम्बार शुल्कका विषयमा सोधेकाले शुल्क निर्धारण गरिएको आयोगका उपसचिव सेमन्तराज कोइरालाले जानकारी दिए ।
उपत्यकामा एमबीबीएसको शुल्क ४० लाख २३ हजार र उपत्यकाबाहिर ४४ लाख ३६ हजार कायम गरिएको छ । बीडीएसको २० लाख र नर्सिङको १० लाख शुल्क निर्धारण गरिएको छ ।