भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघ प्रदेशकै उत्कृष्ठ संघमा सम्मानित भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ,बागमति प्रदेशको दोश्रो अधिवेशनमा भक्तपुर घरेलु तथा साना उद्योग संघलाई प्रदेशको नै उत्कृष्ठ संघ सम्मानबाट सम्मानित गरिएको हो ।
महासंघकै ईतिहासमा पहिलो आफ्नै सचिवालय भवन बनाई व्यवश्थित रूपमा सचिवालय सन्चालन गरी सदस्यहरूलाई सेवा सुविधा पुर्याए बापत उत्कृष्ट जिल्ला घोषणा गरी सम्मान गरिएको हो ।
देशभरमा भएका घरेलु तथा साना उद्योग संघहरुमध्य भक्तपुर मात्र एक त्यस्तो संघ हो जुन आफ्नो भवनबाट नै उद्यमीको सेवा दिदैं आएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघलाई उत्कृष्ट बनाउन सघंका पुर्व अध्यक्षज्युहरू , पदाधिकारीहरु , हालका कार्य समिति सदस्य तथा साधारण सदस्यहरुको ठूलो योगदान रहेको संघका अध्यक्ष प्रेमकृष्ण खुर्वजाले बताउनुभयो ।
संघका अध्यक्ष प्रेम खवुर्जा मार्फत बागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले भक्तपुर घरेलु तथा साना उद्योग संघलाई सम्मान गर्नुभएको थियो ।
सम्मान गर्दै उहाँले घरेलुको विकास नभए सम्म र राज्यले घरेलु उद्योगहरुको उपेक्षा जव सम्म गर्छन तव सम्म देश विकास नहुने बताउनुभएको थियो ।
उहाँले घरेलु उद्योगहरुको विकास र विस्तारका लागि आफूहरु छिटै नयाँ योजनाका साथ आउन लागेको समेत जानकारी दिनुभएको थियो ।