भाजु भैरवमा रक्तदान

0
935

भक्तपुर । भक्तपुरको छालिङगमा भाजुभैरव युवा क्लबले रक्तदान गरेको छ । भाजु भैरव युवा क्लबले भक्तपुरमा रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गरेको आयोजक समितिका अध्यक्ष अर्जुन सुवालले जानकारी गराएको छ ।
गाउँमा युवाहरुलाई नै अधि सारेर विकास निर्माण लगाएत समाजको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउनु पर्छ समितिका सदस्य आशिष लवले भन्नुभयो । उक्त रक्तदान कार्यक्रममा १९ जना रक्तदाताले सहभागिता जनाएको थियो । उक्त रक्तदान कार्यक्रम क्लबको तेस्रो रक्तदान कार्यक्रम हो ।