भक्तपुर क्षेत्र नम्वर एकमा खड्का र खत्री

0
1163

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि भक्तपुर क्षेत्र नं १ मा संस्थापन पक्षबाट जीवन खत्री र संस्थापनइतर पक्षबाट उद्धव खड्काको उम्मेदवारी परेको छ। यस क्षेत्रका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुइटै पक्षले एकएक क्षेत्रमा जीत हात पारेका छन्। त्यस्तै यस क्षेत्रमा रहेका दुई नपामध्ये एकएकमा दुईपक्षले जितेकाले खत्री र खड्काबीच कडा टक्कर हुने कांग्रेस नेता तथा कार्यकर्ताहरु बताउँछन्। खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव हुन् ।

यस्तै क्षेत्रमा सचिव पदका उम्मेदवारमा राजन सुवाल, एलिना अवाल , समुद्र थापा र रविन कुमार केसीको उम्मेदवारी परेको छ । यस्तै सहसचिवमा प्रकास बस्नेत , श्रीराम दुलाल , रामकाजी भुजु र राजेश्वर वन को उम्मेदवारी परेको छ ।
केन्द्रिय महाधिवेशन उम्मेदवार प्रत्यक्ष खुल्ला तर्फ भने प्रविण वन , बाबुराजा जोशी , विजेश अवाल, विनोद प्रकास कायस्थ , अनिल भुजु, धर्मराज थापा मगर, सुरेस प्रधान, गणेश कुमार प्रजापति , प्रदिप कुमार केसी, कृष्णहरी खड्का, उमेश कुमार खड्का, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य , हरिप्रसाद नेपाल, पुस्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा, राजु सापकोटा रञ्जुको उम्मेदवारी परेको छ ।

प्रत्यक्ष महिला तर्फ भने राधा कार्की सरु बानियाँ ,अम्विका देवी झा, सावित्री लामिछाने तिमिल्सेना, सुभद्रा काफ्ले, रुपा थापा , संगिता फुयाल, सचिला खड्का रहेका छन् ।

आदिवासी जनजाती महिला तर्फ समानुपातिकमा गंगा लक्ष्मी अवाल , सर्मिला श्रेष्ठ, रजनी जोन्छे, रञ्जना कक्षपति , शिद्दिलक्ष्मी श्रेष्ठ, विष्णु उलक रहेका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि समानुपाति उम्मेदवा आदिवासी जनजाती खुल्ला तर्फ भने गजेन्द्र शंकर तिमिला , हरिकृष्ण गोसाई, उदयाम श्रेष्ठ, पुन्यराम तुकनबन्जार, सुरेस श्रेष्ठ, रत्न सुन्दर काइतु , जीवन भुजु, केशव दुवालको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा कार्यसमिति सदस्य उम्मेदवारमा प्रत्यक्ष खुल्ला तर्फ हरिशरण बास्तोला, सुन्दर चन्द्र न्यौपाने, पुस्प प्रधानाग रहेका छन् महिला तर्फ भने संगिता बुढाथोकी, निर्विरोध भएकी छन् । प्रतिनिधिसभा कार्यसमिति उम्मेदवार आदिवासी जनजाती खुल्ला तर्फ भने राम हाछेथु , सन्जिव कुमार प्रधानाग, वलवहादुर श्रेष्ठ, सहदेव श्रेष्ठ रहेका छन् ।

यस्तै प्रतिनिधिसभा समानुपातिक कार्यसमिति सदस्य उम्मेदवार आदिवासी जनजाती महिला तर्फ भने राधिका बाटा खड्का, सीता नायाजु निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभा कार्यसमिति सदस्य उम्मेदवार खस आर्य खुल्लामा भने प्रधुम्न पोखरेल निर्विरोध भएका छन् । खस आर्य महिला मा भने संगिता गिरी निर्विरोध निर्वाचित भएकी छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि उम्मेदवार खस आर्य खुल्ला तर्फ भने माधव प्रसाद लामिछाने, मधुराम ढुंगाना , गोविन्द थापा , नवराज दाहलको उम्मेदवारी परेको छ । यस्तै खस आर्य महिलामा भने रविता कार्की निर्विरोध निर्वाचित भएकी छन् ।
समानुपातिक उम्मेदवार दलित तर्फ पनि रामकृष्ण परियार निर्विरोध निर्वाचित भएका छन् ।

समानुपातिक अल्पसंख्यक अपागं मधेशी तर्फ भने रमा ढकाल सिल्पकार र हरिकृष्ण श्रेष्ठको उम्मेदवार परेको छ ।
खुल्ला सदस्य उम्मेदवार उत्तम कार्की र दुर्गा राज पुरी निर्विरोध निर्वाचित भएका छन् यस्तै महिला मा पनि श्रीजना ढुंगाना निर्विरोध भएकी छन् ।

खुल्ला सदस्य उम्मेदवार क्षेत्र नम्वर १ तर्फ लक्ष्मी भक्त गोसाई , निलकृष्ण शाह, रामेश्वर पहिजु, सरजु प्रधानगको उम्मेदवारी परेको छ यस्तै महिला तर्फ भने कमल केसरी चौगुठी , सर्जना कवांको उम्मेदवारी परेको छ ।