भक्तपुर : भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री विजयी भएका छ। कांग्रेसको मंगलबार सम्पन्न अधिवेशनले खत्रीलाई क्षेत्रीय सभापतिमा निर्वाचित गरेको हो।
खत्रीले २७१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी उद्धव खड्काले ११६ मत प्राप्त गरे। खड्का संस्थापनइतर समूहका हुन्। खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव हुन्।
यस्तै, क्षेत्रीय सचिवमा खत्री समूहकै समुद्र थापा र रविन कुमार केसी तथा सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भए।
कार्यसमिति सदस्य आदिवासी जनजाती खुल्लामा बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा क बाट लक्ष्मी भक्त गोसाईं, निलकृष्ण शाख र महिलामा कमलकेशरी चौगुठी विजयी भए। कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए।
महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य विनोद प्रकाश कायष्ठ पराजित भएका छन्। महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिस्पर्धा गरेका कायस्थले १६५ मत प्राप्त गरे।
महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भए।
महाधिवेशन प्रतिनिधि खुल्लामा कुनै समूहमा नबसी एकल उम्मेदवारी दिएका कांग्रेस भक्तपुरका वरिष्ठ नेता प्रवीण वन १९३ मतका साथ विजयी भए।
त्यस्तै, संस्थापन पक्ष इत्तर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भए। उनी कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुन।
महाधिवेशन प्रतिनिधि खुल्लामा जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा विजयी भए। त्यस्तै, महिलामा संस्थापन पक्षइतरका राधा कार्की (सरु बाँनिया) विजयी भए भने संस्थापन पक्षका सुभद्रा काफ्ले, रुपा थापा र संगिता फुँयाल विजयी भए।
महाधिवेशन प्रतिनिधि आदीवासी जनजाति खुल्लामा सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजु र केशव दुवाल, खसआर्य खुल्लामा गोविन्द थापा र नवराज दाहाल, आदीवासी जनजाती महिलामा संस्थापन पक्षइतर समूहका गंगालक्ष्मी अवाल, संस्थापन पक्षका बागमती प्रदेशका सांसद रजनी जोन्छें र रञ्जना कक्षपति विजयी भए।
त्यस्तै, अल्पसंख्यक, अपांगता भएका र मधेशी समूहमा हरिकृष्ण श्रेष्ठ विजयी भए।