माध्यमिक तहको शिक्षककाे १५ सय ४४ पदमा खुला विज्ञापन

0
996

काठमाडाैं, मङ्सिर २८ ।   शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ ।

पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।

चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयाेगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयाे ।