चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

0
1108

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकामा छापा मारेको छ । नगरपालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि मंगलबार छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो ।

टोलीले नगरपालिकाको शाखागत रूपमा सबै कागजात नियन्त्रणमा लिएको छ । मंगलबार बिहानदेखि अख्तियारको टोलीले नगरपालिकाको भवनमा आवश्यक कागजात निगरानीमा राखेको थियो ।

५ लाख रुपैयाँ बढीको खरिद र भुक्तानीमा अनियमितता भएको जानकारी आएपछि अख्तियार केन्द्रीय कार्यालयको विशेष टोलीले नगरपालिकामा छापा मारेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उजुरीबारे बाँकी अनुसन्धान गर्न बाँकी रहेको उनले जानकारी दिए ।