भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सडक कालोपत्रे अनुगमन गर्न पूर्व राज्यमन्त्री सरस्वती बाटी पुगेकी हुन् ।
दुवाकोटको बारुदखाना चोकदेखि फसिन्टारसम्म कालोपत्रे गरिएको कामको वागमती प्रदेशका पूर्व राज्यमन्त्री सरस्वती बाटी र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रको टोलीले अनुगमन गरेका थिए।
बागमती प्रदेश सभा सदस्य तथा पूर्वराज्य मन्त्री बाटीले एमाले चाँगुनारायण नगर वडा नम्बर २ का वडा कमिटी अध्यक्ष मनोज केसीको अनुरोधमा सडक स्तरोन्नतिका लागि बजेट बिनियोजन गरिदिएकी हुन्।
आर्थिक वर्ष २०७६ ०७७ मा २ करोड र २०७७ ०७८ मा नियमित बजेट २ करोड गरि ४ करोडमा स्तरोन्नती र कालोपत्रे भएको हो।
सडक स्तरोन्नतिको अनुगमनमा आएका पूर्व राज्यमन्त्री, नगर प्रमुख मिश्र, उप प्रमुख बिना बास्तोला, वडा नम्बर २ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार मनोज केसी तथा सन्तोष केसी र वडा नम्बर ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल लगायतका गएका थिए ।
सो क्रममा उनीहरुले सडकको स्तरोन्नतिमा निर्माण व्यवसायी चुक्न नहुने बताएका थिए।