भक्तपुर विधुतिय सामग्री व्यवसायी संघमा मानन्धर, मोवाइल व्यवसायीमा नगरकोटी सर्वसम्मत

0
1331

भक्तपुर । भक्तपुर विधुतिय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन् ।
भक्तपुर विधुतिय सामग्री संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम दुवाल, सह कोषाध्यक्षमा बुद्दी कुमार मुस्याख्व, सदस्यहरूमा शिवराम बैद्य,स्याम सुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापति निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै भक्तपुर मोवाइल ब्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्बसमत गठन गरिएको हो ।
संघको उपाध्यक्षमा होम प्रसाद बजगाई, सचिवमा विमल गोले तामाङ कोषध्यक्षमा लव कृष्ण श्रेष्ठ , सदस्यमा रविन लामा, रोशन अधिकारी, आकास गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्ण चन्द्र कर्माचार्य, डेनिस दुवाल, दिपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मत निर्वाचित भएका हुन् ।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १२ औं बार्षिक साधरणसभा तथा छैठौँ अधिवेसनका साथै भक्तपुर मोबाइल व्यवसाय संघको पहिलो अधिवेशनले दुवै संघका नयाँ नेतृत्व छनोट गरेको हो ।
कार्यक्रममा व्यवसायी तथा कलाकार करिस्मा मानन्धरले नेपाली कला क्षेत्र संगसंगै आफूले व्यवसाय पनि संचालन गर्दै आएको बताउँदै सबैले आत्मनिर्भर हुन कुनै न कुनै व्यवसाय गर्नु पर्नेमा जोड दिइन् ।
उनले सबै व्यवसायीहरु मिलेर एकछत्र भएर व्यवसायमा लागेका खण्डमा सफल हुन सकिने समेत बताएकी थिईन ।
माधव प्रसाद प्रजातिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मान्नधर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष जगत प्रजापतिले संघको नयाँ कार्यसमितिका लागि शुभकामना दिएका थिए । साथै उनीहरुले जुन सुकै व्यवसायमा पनि मिलेर काम गर्न सके जस्तो कठिन परिस्थितीमा पनि सफलता हाँसिल गर्न सकिने बताएका थिए । यस्तै कार्यक्रममा नेपाल मोबाइल ब्यवसाय महासघंका सचिव दिलबहादुर तामाङ, संघका सचिव रामप्रसाद खर्बुजा, महासचिव चन्द्रभक्त श्रेष्ठ र उपाध्यक्ष गंगाराम मानन्धरले संघको गतिविधि लगाएतका विषयमा जानकारी गराएका थिए । साथै कोषाध्यक्ष अल्बर्ट बज्राचार्यले संघको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।