रविन तामाङ बचाउ अभियानमा संकलित ३७ लाख ८९ हजार हस्तान्तरण

0
738

भक्तपुर । काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानमा संकलित रकम विरामीका बुबालाई हस्तान्तरण गरिएको छ ।
ब्लड क्यान्सर पीडित रविन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको रकम आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पीडित रविनका बुबालाई हस्तान्तरण गरिएको हो । व्लड क्यान्सर र बोन म्यारो क्यान्सर बाट पीडित रविन तामाङ बचाउ अभियान सहयोगार्थ वृहत् साँस्कृतिक कार्यक्रम २०७८ मा संकलित रकम रु ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ पीडितका बुबा प्रेम तामाङलाई पत्रकार सम्मेलन गरी हस्तान्तरण गरिएको हो ।
पत्रकार एवं अभियन्ता सुदिन दोङ तथा विभिन्न व्यक्तित्वहरुको सक्रियतामा करिव दुई महिना देखि संकलन गरिएको उक्त रकम विरामीका बुबालाई हस्तान्तरण गरिएको हो ।
सुदिनको सक्रियतामा हाल सम्म १३ जना भन्दा बढि विभिन्न पीडित एवं आर्थिक अवस्था कमजोरीका कारण मृत्युको पर्खाइमा रहेका विरामीको सहयोग कार्यक्रम सम्पन्न भई सकेको छ । उनको सक्रियतामा भएका विभिन्न कार्यक्रमहरुले विरामीले उपचार पाउनुका साथै नयाँ जीवन पनि पाएका छन् ।
समाजमा कोही रकम अभावका कारण मर्नु नपरोस भन्ने भावना भएका विभिन्न व्यक्तिहरुको सायोगमा आफुहरुले संकलन गरेको रकम पीडित रविन तामाङ को उपचारका लागि हस्तान्तरण गरेको उनले जानकारी दिए ।
रविन तामाङ बचाउ अभियानमा साँंस्कृतिक कार्यक्रमका साथै विभिन्न देश तथा विदेशबाट संकलन भएको अभियानका अर्का अभियन्ता विकास देव लामाले जानकारी दिए ।