नेमकिपाद्वारा भारतीय बलमिचाइकाे विराेध

0
694
भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भारतीय बलमिचाइकाे विराेध गरेकाे छ। भारतीय प्रम मोदीको पुस १५ गतेको भनाइ भारतको बलमिचाइ भएकाे जनाउादै पार्टीले उक्त बलमिचाइको विरोध गरेकाे हाे।
भारतीय प्रम नरेन्द्र मोदीले पुस १५ गते (डिसेम्बर ३० का दिन) उत्तराखण्डको हल्द्वानीमा आयोजित राज्यसभाको चुनावी प्रचारसभामा ‘टनकपुरदेखि पिथौरागढसम्मको अल वेदर रोडको कामसँगसँगै अहिले लिपुलेकसम्मको सडक बनाएको र यसको विस्तार कार्य पनि जारी भएको भनाइ राखेका थिए । साे भनाइले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेकाे भन्दै पार्टीले प्रेस विज्ञप्ति प्रकाशन गरि माेदीकाे साे भनाइप्रति खेद जनाएको छ ।
पार्टीले भारतीय प्राकाट त्यस किसिमको अभिव्यक्ति आउँदा पनि देउवा सरकारले भारतीय हस्तक्षेपको विरोध नगरेको छैन र यसबारे जनतालाई सुसूचित नगराउनुमा प्रम देउवाकाे स्वार्थ लुकेकाे समेत भनेकाे छ । `के देशघाती एमसीसी सम्झौता पारित गराउन र भारतीय थिचोमिचोलाई स्वीकार गराउन नै देउवा सरकारलाई ल्याइएको हो ?´ विज्ञप्तिमा भनिएकाे छ ।