अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

0
986

काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे तर अब भने यो झन्झट हटेको छ । अब भने प्रभु पे को किओस्ट मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ ।

आइतबारबाट उक्त मेसिन ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्‌घाटन गरेका हुन् ।

सुरुवाती चरणमा ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा जरिवाना तिर्न सकिने व्यवस्था थियो। पछिल्लो समय महाशाखाले मोबाइल बैंकिङ, तथा डिजिटल वालेटबाट पनि भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको हो ।

ट्राफिक महाशाखाका अनुसार उपत्यकामा ३०९ स्थानमा प्रभु पे को किअस्ट मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ।