भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले एमसीसी पारित गर्नका लागि विदेशीसामु झुक्नुलाई विदेशी दलाल बन्नु भएको बताएका छन्।
समसामयिक विषयमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष बिजुक्छेँले एमसीसी देशघाती भएको बताए। उनले एमसीसी गलतै भएको जिकिर गर्दै विदेशीसामु नझुक्नु र बिरोध गर्नु भनेको जनताको हित गर्नु र देशको पक्ष लिनु भएको उल्लेख गरे।
उनले एमसीसी पारित खोज्न सबै देशद्रोही भएको जनाउँदै एमसीसी पारित भए देश समाप्त हुने चर्चा गरे। उनले देश समाप्त पार्नेलाई जनताले कुनै पनि हालतमा बाँकी नराख्ने समेत ठोकुवा गरे।