भक्तपुरमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

0
679

भक्तपुर, २१ माघ। भक्तपुर नगरपालिका २ व्यासीबाट जीवन तामाङ पक्राउ परेका छन्। स्कुटरमा आइरहेका जीवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।

प्रहरीले जाँच गर्नेक्रममा लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको फ्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका १ घर भई हाल सूर्यविनायक बस्दै आएका ३१ वर्षीय तामाङको साथबाट ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिनलगायतका लागूऔषध फेला पारेको थियो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।