हिउँले सेताम्य भक्तपुरका डाँडा

0
909

भक्तपुर ,२०७८ माघ २१, शुक्रबार । आज बिहानदेखि परेको परेको बर्षा संगै भक्तपुको अग्ला स्थानमा हिउॅ परेको छ । यतिवेला वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको चाप बढेको हो । आज दिउॅसो १२ बजेदेखि हिउँ पर्न थालेको हो । भक्तपुर वरिपरिका सबै डाँडा हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, रानिकोट ,मालिगाउॅ ,नगरकोट टावर क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

 

हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।