आफ्नै देशको सेवा गर्छु (मनोवाद)

0
1033

-विनिशा लवजू
स्थान : सुत्ने कोठा
समय : राति १० बजे
पात्र :विनिशा लवजू
(विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने र धुम्नमा रुचि राख्ने विनिशा लवजू लिबाली टोलमा बस्छिन् । उनका आमाबुवा दिनरात मजदुरी गरेर उनी र उनका दाजू भाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । विनिशा र उनका दाजू आफ्नो परिवारलाई सक्दो काममा सहयोग गर्छन् । रातिको १० बजेको छ । उनको मनमा भने भोलि आफ्नो जन्मस्थान छोडेर जापन जाने विषयमा खुल्दुली भईरहेको छ । )

मन खुम्चिरहेको छ । ओहो । भोली विहानै घर छोडेर हिँड्नू छ । मन मानिरहेको छैन । आफ्नो बसोबास र परिवारलाई छोड्ने ममा हिम्मत छैन । नयाँ ठाउँमा जानु र घुम्नु राम्रो बानी हो । साथै धरै कुराहरु सहयोगी र असल होलान् की नहोलान् ? के गर्नु अब , पढाई पूरा गर्न र भविष्य बनाउन मसँग यहि एक उपाय मात्र छ । जापन गएर कृषि सम्बन्धी विशेष अध्ययन गर्ने र नेपालमै फेर्केर त्यही विषयसम्बन्धी काममा लाग्छु । आफु जन्मेको ठाउँ छोड्नु पर्दा मन कस्तो खल्लो हुन्छ । भनिन्छ नी , जननी जन्मभूमिश्च ,स्वर्गादपी गरियसी । त्यसैले नै हामीलाई हाम्रो जन्मस्थान आमा जत्तिको प्यारो लाग्छ । हाम्रो गाउँ ,ठाउँमा अध्ययन को राम्रो व्यवस्था जभएकै कारण मानिसहरु धेरै बाहिरिएका छन् । अब म पनि आफ्नै देश र ठाउँमा नै काम गरी देशको आर्थिक अवस्था नभएकै कारण मलगायत कयौ नेपाली जनता अध्ययनको निम्ति साथसाथै कामको खोजीमा विदेशिएका छन् ।

( उनी ओछ्यानबाट उठेर टेबलमा भएको करुवा उठाएर घट्घट् पानी पिउँछिन् । ) आफ्नै परिवार सरहको जन्मस्थानलाई छोडेर हिँड् नुपर्दा कस्तो नरमाइलो लाग्छ । राति ११ः५० बजिसकेछ । अझै निन्द्रा लागेको छैन । मनमा अनेकैं कुरा खेलिरहेका छन् । मन पनि रोइरहेको छ । बरु अध्ययन सकाएर त्यहि विषयमा आफ्नो देश नेपाल आएर कामतीर लाग्नु पर्ला । हो यहि गर्नुपर्ला । आफ्नो अध्ययन पनि पूरा हुने र आफ्नो देशमा काम र मेहनत पनि गर्न पाउने । यसले देशलाई विसकासको क्षेत्रमा लम्काउँछ । हामी त शिक्षाको लागि बाहिरियौं । अब नयाँ पूस्तालाई बाहिरिन दिनुहुदैन । बरु हामी आफै सक्रिय भएर शिक्षा तथा रोजगारीको व्यवस्थापनमा लाग्नुपर्छ । ( गर्मी भएर उनले पङ्खा घुमाइन् ।)

नेपाल विकासको क्षेत्रमा अरु देशहरुभन्दा पछि परेको छ । अब हाम्रो कर्तव्य हो , आफ्नो देशलाई विकासको मुखमा पुर्‍याउने र नेपालीहरुकोे सुखी जीवनको सुरुवातकर्ता बन्ने । कोहि व्यक्ति यस्तो पनि हुँदो रहेछन् , आफ्नै देशको नुनपानी खाएर अवश्य नेपाल फर्केर नेपामै आधुनिक पर्नेछैन । साथसथै नयाँ पुस्तालाई सचेत गर्न सक्छु ।

जापन त जाने बरु आफ्नो देशको चिनोको रुपमा केहि चीज त लानुपर्छ । मेरो अध्ययन पूरा भइसकेपछि मेरो परिवार कति खुसी हुन्छ होला । म त सोच्नै सकिरहेकी छैन । भोली विहानै आमाबुवालाई आफ्नो गाउँठाउँमा नै जागिर खान्छु भनेर भन्छु । अब बरु सुत्नुपर्ला ,भोलि विहान सबेरै उठ्नुछ । (उनी ओछ्यान मिलाएर १२ः२० मा सुत्छिन् ।) -प्रचेष्ठा